राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई कारबाही गरेको छ ।
पार्टीको निर्णयविपरीत कार्य गरेको भन्दै जनमोर्चाले थापालाई गण्डकी प्रदेशसभाको संसदीय दलको नेताबाट हटाएको हो । सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि सांसद पदबाट भने निलम्बन गरिएको छैन ।
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि जनमोर्चाले कांग्रेस, माओवादी र जसपाको गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर थापाले गठबन्धा सरकारका पक्षमा हस्ताक्षर नगरेपछि उनलाई जनमोर्चाले बुधबार नै स्पष्टिकरण सोधेको थियो । थापाले हस्ताक्षर नगरेपछि कांग्रेस नेतृत्वको गठबन्धन सरकार नबन्ने देखिएको छ ।
नयाँ सरकार गठनको लागि गठबन्धनलाई ३१ जनाको हस्ताक्षर पुर्याउनुपर्छ। गण्डकीमा कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना छन्। विपक्षी दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने गरुङकै नेतृत्वमा अल्पमतको सरकार बन्नेछ।
