logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन कोरोना संक्रमणबाट १६८ जनाको मृत्यु, ९,३०५ मा संक्रमण पुष्टि


अंकुरण खबर
1.443K
Shares

पछिल्लो २४ घण्टामा थप १६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिएको जानकारी अनुसार एकैदिन १६८ जना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म ४ हजार २२५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पीसीआर विधि र ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०६ जना संक्रमित पुष्टि भएको हो।

नयाँ संक्रमित थपिएसँगै देशभर गरी १ लाख ६३४ जना सक्रिय संक्रमित पुगेका छन्। ५१७ संक्रमित क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४४४ संक्रमित निको भएका छन् ।