logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आवश्यक परे राजीनामा दिन तयार छौं : नेपाल पक्ष


अंकुरण खबर
3.718K
Shares

नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षका सांसदहरुले आफूहरु सांसदबाट राजीनामा दिने निर्णयमा पहिल्यै पुगिसकेको र उपयुक्त समय आएमा राजीनामा दिने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको दुई वा दुई भन्दा धेरै दलको बहुमतीय सरकार गठनका लागि बहुमत नपुगेको र त्यसका लागि नेपाली कांग्रेसले नेपाल पक्षको सहयोग खोजिरहेको पृष्ठभूमिमा नेपाल पक्षले आवश्यक पर्दा राजीनामा दिन तयार रहेको बताएको हो ।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले छलफल तीब्र पारेका छन् । तर, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवपक्ष नयाँ गठबन्धन सरकार निर्माणमा केन्द्रित भएपनि जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष त्यसको विपक्षमा उभिँदा गठबन्धनका पक्षमा बहुमत पुग्न सकेको छैन ।

नेपाल पक्षका सांसदले राजीनामा गरेमा आफ्नो नेतृत्वमा गठबन्धन सरकार निर्माण गर्न बहुमत पुग्ने कांग्रेसका नेताहरुले बताउँदै आएका छन् ।

‘आवश्यक पर्दा राजीनामा दिने भन्ने पार्टीको निर्णय हो, त्यो भइसकेको छ । त्यसमा हामी अडिग छौ’ नेपाल पक्षका एक सांसदले भने, ‘राजीनामा पत्रमा कति जनाले हस्ताक्षर गर्ने वा कहिले हस्ताक्षर गर्ने भन्ने ठूलो कुरा होइन ।’

नेपाल पक्षले राजीनामा कहिले गर्ने भन्ने कुरामा भने गौण भएको बताएको छ ।