logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यात्रुसँग दोब्बर भाडा असुलेको आरोपमा कलंकीबाट दुई जना पक्राउ


अंकुरण खबर
676
Shares

वैदेशिक रोजगारबाट घर फर्किने र जरूरी कामका सिलसिलामा उपत्यका बाहिर जाने यात्रुसँग तोकिएभन्दा दोब्बर भाडा लिएको आरोपमा दुई जना पक्राउ परेका छन्।

महानगरीय ट्राफिक प्रहरीले बुधबार दुई जनालाई काठमाडौंको कलंकी र बसपार्कबाट पक्राउ परेको हो। पक्राउ पर्नेमा सप्तकोशी काउन्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदयनारायण साह र गोंगबुबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरी छन्।

साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुहरूसँग तीन गुणा बढी भाडा लिएको महाशाखाले जनाएको छ। त्यस्तै, चौधरीले ना७ख ४९२० नम्बरको बसमा बर्दिया जाने यात्रुहरूसँग प्रतिव्यक्ति पच्चीस सयदेखि तीन हजार रुपैयाँ लिएका थिए।

महाशाखाले विषेश टोली गठन गरी यात्रुलाई ठग्नेहरूलाई पक्राउ गर्दै आएको हो। अहिलेसम्म महाशाखाले २८ जनालाई पक्राउ गरी कारबाही गरेको छ।