कोभिड-१९को दोस्रो भेरियन्टका कारण संक्रमित र मृत्युदर धेरै बढेपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
संक्रमितको संख्या र संक्रमित बढ्न सक्ने संभावना आकलन गरि अहिले ६७ जिल्लामा पूर्ण र ६ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा अब मनाङ, रुकुमपूर्व तेह्रथुम र खोटाङ जिल्लामा लागु भएको छैन् ।
सरकारले संक्रमित दर अत्याधिक बढेकाले निषेधाज्ञा थप कडाई गर्ने जनाउँदै आएको छ । अतिआवश्यक काम नपरी बाहिर ननिस्कन र तोकिएका मापदण्ड पुरा गर्न सबैलाई आग्रह गरेको छ । निर्धारित नियमको उल्लंघन गरे सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने गृह मन्त्रालयले पटक-पटक चेतावनी दिँदै आएको छ ।