निकै महंगो मानिने चिकित्सा शिक्षाको लागि शुल्क निर्धारण गरिएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययनका लागि गत वर्ष निर्धारण गरिएको शुल्कलाई यस वर्ष पनि कायम गरिएको जनाएको छ ।
उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार दुई सय ५०, उपत्यका बाहिर ४४ लाख ३६ हजार शुल्क तोकिएको छ । त्यस्तै बिडिएस गर्न २० लाख १९ हजार ५सय ८० लाग्ने छ भने, बिएएमएस गर्न १० लाख ९२ हजार ६ सय लाग्ने छ ।
आयोगले गत माघ ९ गते नै शुल्क तोकिए पनि बुधबार(हिजो) एक सूचना जारी गर्दै यसको औपचारिक जानकारी दिएको हो ।