आज(बिहिबार)बाट काठमाडौं उपत्यकामा २ साताका लागि थप गरिएको निषेधाज्ञामा कडाइ गरिनी भएको छ ।
बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोभिड-१९को हटस्पट बन्दै गएको काठमाडौं उपत्यकामा २ साता निषेधाज्ञा थप गरि कडाइ नगरे स्थिति भयावह बन्ने निष्कर्ष निकालेको हो ।
निषेधाज्ञामा अत्यावश्यक बाहेक सबै कार्यालय बन्द रहने प्रशासनले जनाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवाका कार्यालयमा न्यूनतम जनशक्ति राखी सेवा दिने अन्य सबै कार्यालय बन्द रहने छन् ।
अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ। सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालन गर्न पाइने छैन् ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन,प्रेसका सवारी साधान सञ्चालन गर्न पाइने छ।
विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन पाइने छैन् ।
