नेकपा एमालेले चार नेतामाथि गरेको निलम्बन फुकुवा गरेको छ ।
आज बिहान बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
यस अघि पार्टीको विधिविधान प्रतिकुल काम गरेको आरोपमा नेपालसहितका ४ नेतालाई ६ महिनाका लागि निलम्बन गरिएको थियो ।
संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाए पनि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयसिमा आज सकिदै छ । झलनाथ माधव पक्षका सांसदले सामुहिक राजनीनामा दिने बताएदै आएको बेला पार्टी एकतावद्ध गर्न भन्दै नेताहरु माथि लगाइएको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले राखेको कारवाही फुकुवाको प्रस्ताव बैठकले अनुमोदन गरिसकेको छ ।