logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केपी शर्मा ओली र माधवकुमार नेपालबीच वार्ता


अंकुरण खबर
1.118K
Shares

विभाजनको संघारमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच वार्ता हुने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले माधव नेपालसहित चार जनाको कारवाही फिर्ता लिने निर्णय गरेपिछ ओली-नेपालबीच वार्ता हुने भएको छ । अहिले केही पछि हुने वार्तामा माधवकुमार नेपालले २०७५ जेठ २ को अवस्थामा फर्कनु पर्ने अडान कायमै रहेको नेता नेपाल निकट एक नेताले जानकारी दिए । आजको बैठकमा कुरा नमिले झलनाथ-नेपाल पक्षले सामुहिक राजीनाको तयारी गरेका छन् ।

उता माधवकुमार नेपालले पनि ओलीसँगको वार्तामा बस्नुअघि आफु निकट कानुनविदहरुसँग परामर्श गरेका छन् । एमालेको आजको कदमले पार्टी भित्र एकताको सन्देश सञ्चार गरेको भन्दै आम कार्यक्रतामा खुसीयाली छाएको छ ।