पछिल्लो राजीतिक अवस्था र नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।
बहुमतको सरकार गठनका लागि दाबी पेस गर्नुअघि दिउँसो साढे ४ बजेदेखि काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा पूर्व र वर्तमान पदाधिकारी सहित बैठक जारी छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बिहीबार राति नौ बजेसम्ममा बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरे अनुसार अहिले देउवाले राजनीतिक भेटघाट बाक्लो बनाएका छन् ।
देउवाले आज बिहान जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए भने आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए ।