logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-नेपाल सहमति नजिक, तत्कालका लागि सांसदको राजीनामा टर्‍यो


अंकुरण खबर
767
Shares

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता पश्चात तत्कालका लागि झलनाथ माधव पक्षका सांसदले राजीनामा नदिने भएका छन् ।

दुई नेताबीच बुढानीलकण्ठ स्थित क्याप्टेन रामेश्वर थापाको निवासमा भएको भेटवार्तापछि सहमति नजिक पुगेकाले वरिष्ठ नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् ।

बैठकपछि बाहिँरिदै भने, ‘राजीनामा दिने कुरा आज भएन । अब सहमतिको आधारमा टुंगो लाग्छ । मिल्ने कुरामा सहमत भएर अगाडी बढेका छौं।’