logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा भारतमा कोभिड संक्रमण केही कम


अंकुरण खबर
2.691K
Shares

कोभिड-१९ को दोस्रो भेरियन्टको हटस्पट बनेको भारतमा २४ घण्टामा संक्रमण दर केही घटेको छ ।

दैनिक चार लाख बढी संक्रमित हुँदै आएको पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार २३९ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ९९९ को मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतमा हालसम्म कोभिड संक्रमणकै कारण २ लाख ६२ हजार ३५० जनाको मृत्यु भएको छ भने, २ करोड ४० लाख ४६ हजार १२० संक्रमित भएका छन् ।