logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज इद पर्व मनाइदै, राष्ट्रपतिद्धारा सामाजिक सद्भाव र संवृद्धिको कामना सहित शुभकामना व्यक्त


अंकुरण खबर
2.561K
Shares

आज इस्लाम धर्मावलम्बीको महान् चाड इद (इद–उल–फित्र) । मुस्लिम समुदायले विशेष पर्वको रुपमा मनाउदै आएका छन् ।

इदकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छिन् । इदले स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धि,आपसी सद्भाव कायम गर्न सकोस भन्ने राष्ट्रपतिको शुभकामनामा उल्लेख छ । उनले इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।

मुस्लिम समुदायको बाहुलिएता रहेका नेपालगञ्ज, भैरहवा, गोरखा, स्याङजा, सप्तरी, मोरङ, सुनसरी, बारा, पर्सा लगायतका विभिन्न जिल्लामा यो पर्व भव्यताका साथ मनाइन्छ । यस वर्ष भने कोभिडका कारण घर परिवारमै सिमित रहेर मनाउन सरकारले आग्रह गरेको छ ।