logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट बाँकेमा थप आठ जनाको मृत्यु


अंकुरण खबर
624
Shares

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप आठ जनाको मृत्यु भएको छ।

नेपालगन्जस्थित भेरी अस्पतालमा ६ जना र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेको खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षीया बृद्धा, कैलालीको लम्किचुहा-९  का ४० वर्षीय युवक, सल्यानको कुमाख गाउँपालिका–१ की ६७ वर्षीया बृद्धा, बर्दियाको मधुबन नगरपालिका–६ का ५९ वर्षीय बृद्धको मृत्यु भएको छ।

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–६ की ३५ वर्षीया युवती, खजुरा गाउँपालिका–३ की ७५ वर्षीया बृद्धा, नेपालगन्ज उपमहानगरपालिका–५ की ६१ वर्षीया बृद्धा र  कोहलपुर नगरपालिका–२ का २८ वर्षीय युवकको ज्यान गएको छ।

कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या दुई सय २२ पुगेको छ। त्यस्तै, अन्य जिल्लाबाट उपचारका लागि आएका एक सय ६७ जनाको ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज अ‍ोलीले बताए।