logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादीले अरूको विरोधमा समय खेर फाल्न हुँदैन : नारायणकाजी श्रेष्ठ


अंकुरण खबर
1.807K
Shares

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले माओवादीले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्न नहुने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् नेकपा एमालेलाई बधाई तथा शुभकामना दिँदै उनले विचलन, निराशा र निष्क्रियता क्रान्तिकारी गुणचरित्र नभएको बताएका हुन्।

‘देशभक्ति, क्रान्तिनिष्ठता, सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात् गर्दै व्यवस्थितरूपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्छ,’ उनले लेखेका छन्, ‘वैचारिक छिपछिपेपन, विधिपध्दतिको अवज्ञा, व्यक्तिवाद ,संकीर्णता, अनेकता ,गुटबन्दी , भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको विरुध्द संघर्ष गर्न दृढ हुनुपर्छ।’

त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्ने उनको भनाइ छ। ‘घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारिकन पनि आजको आवश्यकता पस्रा गर्न सकिने छैन,’ उनले भनेका छन्, ‘तत्कालै भने सिंगो पाटी पंक्ति कोरोना महामारीसँग जुझ्न स्वयंसेवामा जुटौं।’