logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशमा आफ्नो सरकार बनाउन एमालेको तयारी


अंकुरण खबर
871
Shares

नेकपा एमाले एउटै पार्टीका रूपमा रहने भएपछि त्यसको प्रभाव सुदूर पश्चिमको प्रदेश सरकारमा पनि पर्ने भएको छ ।

यो प्रदेश सभा सदस्यहरूमा माधव नेपाल पक्ष बलियो भएको प्रदेश हो । एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाका अनुसार सुदूरपश्चिम प्रदेशमा आफ्नो सरकार बनाउन एमालेले तयारी गरेको छ । श्रोतका अनुसार मुख्यमन्त्रीमा भने नेपाल – खनाल पक्षले तयारी गरेको छ ।

सभामुख बाहेकका एमालेका २४ सांसद मध्ये ओली समूहका ६ जना मात्रै छन् । आफ्नो समूहका १८ जना सांसद भएकाले पार्टी नफुट्ने भएपछि नेपाल पक्ष उत्साहित बनेको हो ।

प्रदेश सभामा ५२ जना सदस्य रहेकोमा एमालेका मात्रै २५ जना सांसद छन् भने माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का २ जना सांसद छन् । जसपाका दुवै सांसद महन्त ठाकुर पक्षका हुन ।

यसरी जसपाको सहयोगमा सरकार बनाउन आवश्यक पर्ने २७ सांसद पुग्ने भएकोले माधव पक्ष पनि सरकार परिवर्तन गरेर नेतृत्व लिनु पर्ने निष्कर्षमा पुगेको छ ।