नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कायम रहेको छ ।
बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम छ । यता, चाँदी भाउमा भने सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला एक हजार ३३५ रुपैयाँ रहेको चाँदी शुक्रबार एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।