नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।
नेता नेपालले आफु पक्षीय केन्द्रीय सदस्यहरुलाई भर्चुअल माध्यमबाट बिफ्रिङ दिन लागेको स्रोतले जनाएको छ ।
बिहीवार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको नेता नेपालले भेटघाटमा भएका विषयहरुबारे जानकारी गराउन लागेको बुझिएको छ ।
बिहीवारको बैठकमा ओली र नेता नेपालबीच पाटीलाई २०७५ जेठ २ मा फर्काउने विषयमा छलफल भएको थियो । त्यहि छलफलबाट नै सांसद पदबाट राजीनामा दिन तयार भएका नेपाल पक्षका सांसदहरु रोकिएका थिए ।
आजको बैठकमा यसै विषयमा छलफल हुने बताइएको छ ।