logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नागरिकको बाँच्न पाउने हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह


अंकुरण खबर
728
Shares

राष्ट्रिय मानवअधिकार आयोगले आम नागरिकको स्वास्थ्यसम्बन्धी बाँच्न पाउने हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पतालहरुमा शय्या र अक्सिजन अभावमा नागरिकले मृत्युवरण गर्नु परेकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

महामारी सुरु भएको एक वर्ष बितिसक्दा समेत सरकारले अक्सिजन आपूर्ति बढाउन पहल नगर्दा आम नागरिक जीवन गुमाउन बाध्य भएको आयोगको ठहर छ ।

कोभिड–१९ लगायत सबै गम्भीर प्रकारका बिरामीहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन, अक्सिजन उत्पादन तथा आपूर्ति बढाउन प्रभावकारी कदम चाल्न, खाद्यान्न तथा अत्यावश्यक सेवा र वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरोनाभाइरस संक्रमितलाई आवश्यक पर्ने औषधि आपूर्ति हुन नसकिरहेको अवस्थामा बिरामीहरु उपलब्ध औषधि तथा मेडिकल सामग्रीलाई समेत महँगो मूल्य तिर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।