logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोगले जारी गर्यो राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता


अंकुरण खबर
741
Shares

निर्वाचन आयोगले आगामी जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सूचना निकालेर २९ गतेदेखि निर्वाचन नभएसम्मका लागि आचारसंहिता लागू भएको जानकारी दिएका हुन् ।

विज्ञप्ति मार्फत आयोगको आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।