logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज


अंकुरण खबर
767
Shares

पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

काठमाडौंको थपाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाह पनि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

कोरोना संक्रमण भई २१ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको दुई दिनपछि कोमल र प्रेरणा समेत डिस्चार्ज भएका हुन् ।