निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।
पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले आज मुद्दा दायर गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेब शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद साह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना साह रहेका छन् ।
उनीहरुविरुद्ध सार्वजनिक हित विरुद्धको अपराध र संक्रामक रोग ऐन–२०२० अनुसारको मुद्धा चलाईएको प्रहरीले जनाएको छ । उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको काम कारवाहीमा अवरोध गरेको आरोप लगाइएको छ ।
पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् ।