logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ८,५२० जना कोरोना संक्रमित थपिए,२०३ जनाको मृत्यु


अंकुरण खबर
702
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना संक्रमण थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ४७८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ८ हजार ५२० जना संक्रमित थपिएका हुन् । संक्रमणबाट २०३ जनाको मृत्यु भएको छ । त्यस्तै आज ६ हजार १३५ संक्रमित संक्रमणमुक्त भएका छन् ।

नेपालमा अहिले कूल संक्रमित संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ भने मृत्य हुनेको संख्या ४६६९ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ३ लाख २७ हजार पुगेको छ ।