आज देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने, बांकी भूभागहरुमा आंशिक बदली रहने उल्लेख गरेको छ ।
यद्यपी पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण पूर्व भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ ।