कांग्रेस उपसभापति विजयकुमार गच्छदारकी श्रीमतीको कोेभिड संक्रमणबाट मृत्यु भएको छ ।
२ साता अघि कोभिड संक्रमण भएकी गच्छदारकी पत्नी निर्मला गच्छदारको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।
निर्मलालाई विगतदेखिनै मृगौला र कलेजोको समस्या थियो ।