logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

८१६७ कोभिड-१९ संक्रमित थपिए, एकै दिन १८७ को मृत्यु


अंकुरण खबर
1.287K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ६७ जनामा कोभिड-१९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८७ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय ८८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १७९७१ जनाको पीसीआर विधिबाट र ५७७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यससँगै देशभर कोभिड-१९ निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने, कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

हालसम्म कोभिडकै कारण ४८५६ जनाले ज्यान गुमाएका छन् भने, १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् ।