logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो रहने छ आगामी ३ दिनको मौसम


अंकुरण खबर
1.274K
Shares

आज देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन संभावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली रहने छ ।

आज प्रदेश १ लगायतका पहाडी भू-भागमा बदली हुने छ भने राती प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।

आइतबार (भोलि) देशभर बदली रही पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने छ ।

मंगलबार देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।