नेपालमा कोभिड १९को महामारी उच्च रहेकाबेला रोकथाम तथा नियन्त्रणका लागि पहल गर्न भन्दै बल्ल नेपाली कांग्रेसले सक्रियता बढाएको छ ।
कांग्रेसले आज जुम प्रविधिमार्फत सातै प्रदेशमा पार्टीका तल्ला तहमा अन्तरक्रिया गर्ने जनाएको छ । सबै प्रदेशका स्थानीय तहसंगको छलफल पछि सरकारलाई सुझाब दिने कांग्रेसले जनाएको छ । पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रियामा कांग्रेस जुटेको हो ।
बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्तरक्रियामा सहभागी भएर कार्यक्रमको शुभारम्भ हुनेछ ।
छलफलमा प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, स्थानीय तहका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख गलाएत सहभागि हुनेछन् ।
आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका प्रतिनिधिसंग छलफल हुँने छ । त्यस्तै सोमबार(भोली) गण्डकी प्रदेश र वाग्मती प्रदेशमा गरिनेछ । मंगलबार(पर्सी) प्रदेश २ र प्रदेश १ मा आयोजना छलफल गरिने छ ।