logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिडको संक्रमण इन्द्रावतीमा बढ्दो, २ को मृत्यु ५१ संक्रमित, समस्या भए यहाँ सम्पर्क गर्नुस्…


अंकुरण खबर
1.105K
Shares

कोभिड-१९ का कारण सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा २ जनाको मृत्यु भएको छ भने ५१ जना संक्रमित भएका छन् ।

पालिकामा कोभिड रोकथाम तथा नियन्त्रणको लागि हर प्रयास गर्दागर्दै पनि २ जनाको मृत्यु र ५१ जना संक्रमित भएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । वडा नम्वर ४ का ७१ वर्षीय पुरुष र वडा नम्वर ९ की ९१ वर्षीय महिलाको मृत्यु भएको हो ।

यो समचार तयार पार्दासम्म पालिकामा ५३ जनाको पिसिआर परीक्षण गर्दा ७ महिला र १७ पुरुष गरि जम्मा २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै १३० जनाको एन्टीजेन परीक्षण गर्दा १४ महिला र १३ पुरुष गरि २७ जनामा संक्रमण देखिएको हो । अहिले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले संक्रमितहरु होम आइसोलेशनमै रहेको अध्यक्ष तामाङले जनाएका छन् ।

होम आइसोलेशनमा रहेका संक्रमित र सबै पालीकाबासीलाई स्वास्थ्यका मामदण्ड पूर्ण रुपमा पालना गर्न अपिल गरिएको छ । संक्रमितको अवस्था र सबैलै स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न सबै वडामा वडा अध्यक्षको टिमले निगरानी राखेको अध्यक्ष तामाङले बताए ।

पालिकाले वडा नम्वर ७ मा अक्सिजन सहित आवश्यक जनशक्तिका साथ १३ शैयाको कोभिड केयर सेन्टर सञ्चालनमा ल्याएको छ । कोही पनि कोभिडका बिरामीलाई अप्ठ्यारो परेमा नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । कोभिडसंग मिल्ला जुल्दा लक्षण देखिए परीक्षणको व्यवस्था गरिएकाले सम्वन्धित वडामा या पालिकाका प्रतिनिधिलाई खबर गर्न पालिकाले आग्रह गरेको छ ।

बाहिरबाट पालिका आउँनेले अनिवार्य परीक्षण गर्न र सुरक्षित क्वारेनटाइनमा बसी आफु,आफुनो परिवार र सबैको स्वास्थमा ध्यान दिन अध्यक्ष तामाङले पालिकाबासीलाई आग्रह गरेका छन् ।

कोभिड नियन्त्रण तथा रोकथामको लागि ईन्द्रावती गाउँ कार्यपालिकाको कार्यालय,सबै वडा कार्यालयबाट दिंदै आइएको सेवा यही जेठ १४ गतेसम्मका लागि बन्द गरिएको छ । कोभिड सरकारले चाहेर मात्र नियन्त्रण गर्न गाह्रो भएकाले आम नागरिक पनि सचेत भई जिल्लामा लागु गरिएको निषेधाज्ञाको पुर्ण पालना गर्न अध्यक्ष तामाङले सबैलाई अपिल गरेका छन् ।

कोभिड सम्बन्धी कुनै समस्या भए यहाँ सम्पर्क गर्नुस्