कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप सात जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत सात कोरोना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।
फोकल पर्सन वलीका अनुसार मधुवन नगरपालिका–९ बर्दियाका ४० वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दियाका ५० वर्षीय पुरुष, रुम्टिगढी–३ रोल्पाका ३५ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–२ बर्दियाका ८७ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१९ बाँकेका ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१५ बाँकेका ६७ वर्षीय पुरुषको भेरी अस्पतालमा र गौरीगंगा गाउँपालिका–४ कैलालीका ५२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा निधन भएको हो ।
कोरोना भाइरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २३४ र जिल्ला बाहिरबाट बाँकेमा उपचार गर्न आएका १८३ संक्रमितको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए ।