logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तातोपानी नाका आइपुग्यो १८ हजार सिलिन्डर, चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइने


अंकुरण खबर
1.677K
Shares

सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्‍याएको छ ।

स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड-१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए ।

उनका अनुसार तातोपानी नाकामा आईपुगेको सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइनेछ ।

सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो ।

अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदैछ। शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो ।

शनिबार मात्र ओमानबाट गैआवासीय नेपाली सङ्घका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो। कोभिड-१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो ।