नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ ।
आज सुनको भाउमा प्रतितोला ९०० रुपैयाँ बढेको हो । आज छापावाला सुनको भाउ तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ । गत साताको शुक्रबार एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आज भने एक हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।