logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाका दुई अध्यक्षबीच वार्ता हुँदै


अंकुरण खबर
1.04K
Shares

जनता समाजवादी पार्टी (जसपा) मा विवाद बढेपछि आज दुई अध्यक्षबीच सघन वार्ता हुँदैछ।

दुई अध्यक्षबीच वार्ता दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेका हुन्।

जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज वार्ता हुन लागेको जसपा कार्यकारिणी समिति सदस्य सुरेन्द्र झाले जानकारी दिए। ‘पार्टीमा देखा परेको समस्याका बारेमा नै उहाँहरू बसेर छलफल गर्न लाग्नुभएको हो,’ उनले भने।

एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको थियो। वैकल्पिक सरकार गठनको विषयमा पछिल्लो समय जसपाभित्रको विवाद चुलिएको छ।

आजको वार्तामा पार्टीभित्रका समस्या समाधानको बाटो पहिल्याएर अघि बढ्ने वा अलग-अलग बाटो तय गर्ने भन्नेमा छलफल केन्द्रित हुने अध्यक्ष उपेन्द्र यादव निकट एक नेताले बताए।