विराराटनगरका विभिन्न अस्पतालमा उपचार गराइरहेका १२ जना कोरोना संक्रममितको आइतबार मृत्यु भएको छ।
शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहानसम्म विराटनगरका नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचारका क्रममा १२ जनाको मृत्यु भएको हो ।
ती मध्ये नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
नोबेल मेडिकल कलेजमा मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका-१ की ६४ वर्षीया महिला, विराटनगर महानगरपालिका-१ का ३५ वर्षीय पुरुष, उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष, विराटनगर-४ का ५२ वर्षीय पुरुष, सुन्दरहरैँचा नगरपालिका-९ का ६० वर्षीया महिला, सिरहाका ६९ र ६२ वर्षीय पुरुष छन्।
कोशी अस्पतालमा मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका-३ का ५३ वर्षीय पुरुष, विराटनगर-१ की ३४ वर्षीया महिला र विराटनगर-१४ का ६८ वर्षीय पुरुष छन्। यस्तै, विराट मेडिकल कलेजमा इलामको इलाम नगरपालिका-८ का ३४ वर्षीय र सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको मृत्यु भएको छ।