logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन


अंकुरण खबर
793
Shares

नेकपा (एमाले)ले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदल बनाएको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको छलफलपछि कार्यदल बनाइएको हो । नेताहरु सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा कार्यदलको बनाइएको हो ।

दुई नेताबीचको वार्तामा कार्यदल १० सदस्यीय रहने सहमति भएको छ । कार्यदलमा दुवै पक्षका ५–५ जना सदस्य रहने वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

जसमा माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन् भने ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।

नेता नेपालले कार्यदललाई तीन दिनको समय दिने कुरा भएको बताएका छन् । यस्तै, अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँगको वार्ता सकारात्मक भएको बताए ।