logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ७,३६८ जनामा कोरोना पुष्टि, ६,६४८ संक्रमित निको भई डिस्चार्ज


अंकुरण खबर
858
Shares

आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १९ हजार ५३९ जनाको पीसीआर र ३४४ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको हो। सात हजार ३१६ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५२ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको छ।