आज नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औ स्मृति दिवस ।
यसै दिवसको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रित अग्रगामी प्रगतिशीत राष्ट्रवादी नेता रहेको स्मरण गरेका छन् ।
अध्यक्ष ओलीले प्रेस वक्तव्य जारी गर्दै नेपाल र नेपालीको खुसी, संवृद्धि र राष्ट्रिय स्वाधिनतामा विषयमा मदन भण्डारी अनुकरणीय नेता रहेको जनाएका छन् । भण्डारीका त्यस बेलाका सपना,मान्यताहरु समृद्ध नेपाल, सुखी नेपालीको लागि अहिले पनि मार्गदर्शक र उत्तिकै सान्दर्भिक भएको उल्लेख गरेका छन् ।
भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज)बाटै नेपालको चौतर्फि विकास संभव रहेको साथै कम्युनिष्ट आन्दोलनलाई शिखरमा पु¥याउन यो सिद्धान्त मार्गदर्शन रहेको ओलीको बुझाई छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले बल्खुस्थित पार्टी मुख्यालय पुगी त्यहाँ रहेको मदन आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ ।
वि.सं. २०५० साल जेठ ३ गते भण्डारी र आश्रित सवार जिप दासढुंगामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी भण्डारी र आश्रितको मृत्यु भएको थियो । मृत्यु भएको २८ वर्षमा पनि दासढुङ्गा दुर्घटना रहस्यमयी नै छ ।