logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनबाट अक्सिजन सिलिन्डर काठमाडौं आउँदै, अर्को खेप ल्याउन जहाज आजै बेइजिङ जाने


अंकुरण खबर
780
Shares

अक्सिजन सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज आज नेपाल आउँदैछ।

साढे चार सय थान अक्सिन सिलिन्डर लिएर जहाज दिउँसो दुई बजे त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ । यस्तै आजै राति अर्को खेप सिलिन्डर लिन फेरि जहाज बेइजिङको लागि उड्नेछ । निगमको जहाजले यसअघि दुई पटक गरेर झण्डै एक हजार सिलिन्डर ल्याइसकेको छ ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान तथा अवतरण हुँदैछन् । हिमालय एअरलाइन्सको जहाज चीनको कुम्निङबाट बिहान काठमाडौं आइपुगेको छ भने राति सवा ८ बजे फेरि कुम्निङकै लागि उड्नेछ ।

चीन गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजेर पाँच मिनेटमा काठमाडौं फर्कँदैछ भने राती ११ बजे पुन बेइजिङको लागि उड्दैछ । यस्तै टर्किस एअरलाइन्सको चाटर्ड जहाज राति ९ बजे काठमाडौं आएर ११ बजे उड्ने तालिका रहेको छ ।