logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टेलिकमले ल्यायो एचडी भ्वाइस सेवा


अंकुरण खबर
962
Shares

विश्व दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ।

यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइस सुन्न सकिने छ । तर, यो सेवा भने सबै मोबाइलमा उपलब्ध भने हुने छैन । यसका लािग मोबाइल भिओ एलटीई सपोर्ट गर्ने खालको हुनुपर्छ।

भिओ एलटिई सेवा प्राप्त गर्न मोबाइलमा *४४४# डायल गर्नुपर्छ । त्यसपछि आउने निर्देशनअनुसार यो सेवा एक्टिभ गराउन सकिन्छ । त्यसपछि मोबाइलको सेटिङमा गएर भिओ एलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्छ ।

यो प्रक्रिया पूरा गरेपछि तपाईंको मोबाइल सेटमा भिओ एलटिई एक्टिभ रहेको संकेत देखापर्छ । त्यसपछि *१११# डायल भयो भने भ्वाइस ओभर (भिओ) एलटिई सेवा उपयोग गर्न सकिन्छ । यो एकपटक एक्टिभ भएपछि २८ दिनसम्म जम्मा १०० मिनेट निःशुल्क सेवा प्राप्त गर्न सकिन्छ।

नेपाल टेलिकमका अनुसार प्रिपेड र पोस्टपेड दुवै प्रकारका सिममा उपलब्ध यो सेवा सामसुङ, शाओमी र नोकिया ब्राण्डका निश्चित मोडेलहरुमा यो सेवा उपलब्ध छ।