logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा पनि देखिन थाल्यो चक्रवातको प्रभाव


अंकुरण खबर
715
Shares

अरब सागरमा विकसित सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि देखिन थालेको छ ।

मौसमविद् मीनकुमार अर्यालकाअनुसार ‘ताउ ते’ नाम दिइएको सामुद्रिक आँधीको प्रभाव देशको पश्चिम क्षेत्र हुँदै काठमाडौ उपत्यकासम्म देखिएको हो ।

अहिले आकाशको उचाइमा सेतो, गह्रा–गह्रा परेको बादल छ, त्यो अरब सागरबाट आएको बादल हो, कम उचाइमा रहेको बादल भने पश्चिमी न्यून चापीय र स्थानीय वायू हो’, अर्यालले भनेका छन ।

सामुद्रिक आँधीको प्रभाव अहिले सामान्य रुपमा देखिएको र दिउँसो पछि देशका धेरैजसो ठाउँमा बादल लाग्न थाल्ने मौसमविद् अर्यालले जानकारी दिएका छन् ।

पर्सी बुधबारदेखि पश्चिमी क्षेत्रमा प्रभाव बढेर पानी पर्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । तर अरब सागर टाढा रहेकोले त्यहाँ विकसित भएको बादल कता जान्छ भन्ने कुरा यकिन नहुने भएकाले भरे बेलुकीसम्मको अवस्था हेरेर नेपालमा पर्ने प्रभाव बारेमा थप थाहा हुने मौसमविद अर्यालले बताएका छन् ।