logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य मन्त्रालयको पहलमा १३ सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा


अंकुरण खबर
832
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा १३ सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा सञ्चालनमा ल्याइएको छ।

कोरानाका बिरामीलाई बेड अभाव भएपछि मन्त्रालयले ती अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड ओपिडी सञ्चालनमा ल्याइएका अस्पतालहरू त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किस्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नोबेल अस्पताल तथा किस्ट अस्पताल ग्वार्को, आर्मी अस्पताल र धुलिखेल अस्पताल काभ्रे छन्।

मन्त्रालयका अनुसार ती अस्पतालले कोरोनाका बिरामी जाँचेर सामान्य भए होम आइसोलेसनमा पठाउँछन्। संक्रमितलाई अक्सिजन आवश्यक परे ओपिडीमै हेरिन्छ। संक्रमित गम्भिर भए भर्ना वा अन्य व्यवस्थापन अस्पतालले गर्ने मन्त्रालयले जनाएको छ।

स्वास्थ्यमा समस्या भएर अस्पताल पुगेका संक्रमितलाई प्रत्यक्ष रूपमा स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य उपचार गर्न यस्तो व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ।