logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा जेठ १० सम्म थपियो निषेधाज्ञा


अंकुरण खबर
1.391K
Shares

बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ १० गतेसम्मका लागि थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले चौथो पटक निषेधाज्ञाको अवधि थप गरेको हो ।

कोभिड–१९ को संक्रमण दरमा कमी नआई परिस्थिति असहज बन्दै गइरहेकाले संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निषेधाज्ञा थप गर्नु परेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

बाँकेमा वैशाख १३ गते रातिदेखि जिल्लाभर निषेधाज्ञा लगाइएको थियो । वैशाख २० गतेसम्म लगाइएको निषेधाज्ञालाई जेठ ३ गतेसम्म पुर्‍याइएको थियो। त्यसअघि स्थानीय प्रशासनले वैशाख ९ गतेदेखि नेपालगन्ज क्षेत्रमा मात्रै निषेधाज्ञा लगाएको थियो ।