logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीका दुई मन्त्रीले लिए शपथ


अंकुरण खबर
676
Shares

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा र आन्तरिक मामिला, कानुन युवा तथा खेलकुदमन्त्री सीताकुमार नेपालीले शपथ लिएका हुन्।

शर्मा र नेपालीलाई सोमबार दिउँसो कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गएको बुधबार नियुक्त गरेका उनीहरुलाई केही समय जिम्मेवारी विहीन बनाइएको थियो। मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि आज शपथ खुवाइएको हो। गएको बुधबार मुख्यमन्त्रीले सुर्खेतका सांसद विन्दमान विष्टसहित ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए।

तर सत्ता साझेदार नेपाली कांग्रेसले असन्तुष्टि जनाएपछि विष्टलाई मन्त्रीबाट ब्याक गरिएको थियो।

गएको वैशाख ३ गते मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस एक महिना बितिसक्दा पनि सरकारमा सहभागी भएको छैन।