कैलालीमा जारी निषेधाज्ञा थप एकसाता लम्ब्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण दरसँगै मृत्यु दर पनि बढिरहेकोले जिल्ला कोभिड-१९ संकट व्यवस्थान समिति (डीसीएमसी)को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले यही जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय भएको प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना संक्रमणको दोस्रो लहरसँगै यसअघि १६ बैशाखदेखि तीनपटक गरी जेठ ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीएमसीको बैठकले कोरोना संक्रमण झन बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्ब्याउने सुझाव दिएको थियो ।