आज देशभर बदली रहने छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र पूर्वीमध्य अरब सागरमा रहेको सामुद्रिक आँधी ‘चक्रवात’को प्रभाव कारण देशभर सामान्य बदली रहने छ ।
आज दिउँसो पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ । आज राती पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
अन्य स्थानमा भने मौसममा सामान्य बदली रहने छ ।