logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्ट्रपति बाइडेनको उद्धघोष : ६ सातामा विभिन्न देशमा कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने


अंकुरण खबर
715
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड प्रभावित विभिन्न मुलुकलाई आगामी जुनको अन्तिमसम्ममा कोभिड विरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाइडेनले संसारका ४० प्रतिशत देशबाट आफुहरुलाई खोपको लागि सम्पर्क गरेको जनाएका छन् ।

राष्ट्रपति बाइडेनले यस अघि नै अक्सफोर्ड अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएका थिए । उनले अहिले थप दुई करोड डोज खोप दिने जनाएका हुन् ।

बाइडेनको घोषणालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसले स्वागत गरेका छन्। अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्डर अष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन। अमेरिकाले यसअघि अक्सफोर्डर अष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो ।

खोप अहिले कुन कुन देशलाई कति दिने भन्ने खुलाएका छैनन् ।