logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितका लागि काठमाडौं उपत्यकाका अस्पतालमा १०४० बेड खाली


अंकुरण खबर
689
Shares

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा १०४० बेड खाली रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले निजी तथा सरकारी अस्पतालले कोरोना संक्रमितको लागि बेड अभाव रहेको बताइरहँदा मन्त्रालयले सोमबारसम्म आइसोलेसन, आईसीयू र भेन्टिलेटर समेत गरी १०४० बेड खाली रहेको तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांक अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अस्पताल सहित उपत्यकाका सबै सरकारी अस्पतालहरु, धुलिखेल अस्पताल लगायतका सामुदायिक अस्पतालहरु एवं निजी अस्पतालमा गरी कुल २३८६ वटा आइसोलेसन बेड रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये हाल १६३६ जनामात्रै बिरामीहरु आइसोलेसनमा रहेको जनाएको छ ।

यस्तै उपत्यकामा २०२ वटा भेन्टिलेटर रहेको र त्यसमध्ये हाल १३३ वटा मात्रै बिरामी राखिएको तथ्यांकमा उल्लेख छ । आइसीयू, आइसोलेसन बेड र भेन्टिलेटर सहित कुल ३०५२ वटा बेडको क्षमता रहेका अस्पतालहरुमा कुल २०१२ जना बिरामी मात्रै राखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक सूची :