logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा


अंकुरण खबर
585
Shares

प्रधानमन्त्री केपी ओलीले ‘त्यो पर्दैन’ भन्दै लिएको सपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा आफैंले हेर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले गत शुक्रबार लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश राणाको एकल इजलासमा हुन लागेको हो ।

सपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालसमेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन्।

ओलीलाई सपथ गराउँदै राष्ट्रपतिले विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु भन्ने शब्दावली भनेकामा प्रधानमन्त्रीले उक्त शब्द नभनी ‘त्यो पर्दैन’ भनेका थिए ।

जसको कारण राष्ट्रपति जस्तो संस्थाको मानमर्दन भएको रिट निवेदकहरुको ठहर रहेको छ ।