logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


अंकुरण खबर
1.157K
Shares

दैलेखको दुल्लु नगरपालिका–३ स्थित स्याँलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज विहान जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बर जीपको सडकबाट पाँच सय मिटर तल खस्दा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जुम्लाको गुठीचौर गाउँपालिका ४ का ३८ वर्षीय जीप चालक रामहरी न्यौपाने र सोही ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

जीपमा २ जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।