logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निषेधाज्ञामा तास खेलिरहेका ७ जना पक्राउ


अंकुरण खबर
741
Shares

भक्तपुरमा निषेधाज्ञाको समयमा तास खेलिरहेका ७ जना पक्राउ परेका छन् ।

जिल्लाको चाँगुनारायण नगरपालिका–४ चाँगुछाप निवासी मिना तामाङको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानकै ३४ वर्षीय अरुण गुरुङ लगायत ७ जनालाई  सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तास खेलिरहेको थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ८२ हजार रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

घरबेटी मिना भने फरार रहेकी छिन् । उनको खोजी भइरहेको छ ।